Logo

भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता



एजेन्सी, १ असोज । भारतका विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वांङ यीबीच भेटवार्ता भएको छ । उनीहरुबीच ताजकिस्तानमा बिहीबार पूर्वी लद्दाखको विषयमा साइडलाइन छलफल भएको हो ।

उनीहरुबीच पूर्वी लद्दाख र अन्य विकास आयोजनाबारे छलफल भएको टाइम्स अफ इन्डियाले लेखेको छ । एक अर्कासँग विश्व विकास र अफगानिस्तानबारे समेत छलफल भएको जनाइएको छ ।

लद्दाखमा भारत र चीनबीच तनाव ग्रस्त अवस्था छ । भेटवार्ताको विषयलाई लिएर जयशंकरले ट्वीटमा लेखेका छन्,‘हामी बीच भएको कुराकानीमा लद्दाख क्षेत्रबाट आफ्नो सैन्य शक्ति पछि सार्ने सहमति भएको छ । उक्त क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न विशेष सम्बाध भएको छ ।’



प्रतिक्रिया दिनुहोस्