Logo

राजले के काम गर्थे केही थाहा छैन्, पहिले म आफ्नै काममा व्यस्त थिएःशिल्पा



एजेन्सी, १ असोज । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा अश्लिल फिल्म बनाउने र एपमा अपलोड गरेको आरोपमा हाल जेलमा छन् । राज कुन्द्रालाई ९ जुलाईमा प्रहरीले गिरफ्तार गरेको हो ।

आज प्रहरीले राजकुन्द्रा र उनका साथी रेयान थोय विरुद्ध १५ सय लामो आरोपपत्र पेश गरेको छ । जसमा ४३ जना साक्षीहरुको नाम समावेश गरिएको छ । साक्षीमा राज कुन्द्राको पत्नी शिल्पा र शर्लिन चोपडाको पनि नाम छ । आरोपत्रमा शिल्पाको पुरै भनाई राखिएको छ ।

शिल्पाले बयानमा राज कुन्द्राले के काम गर्थे केही थाहा नभएको बताएकी छिन् । उनले आफ्नै काममा ब्यस्त हुने भएकोले राजको बारेमा केही नसोध्ने गरेको स्पष्ट पारेकी छिन् । शिल्पाले बिहान प्रोजेक्टमा राज निर्देशक भएको भने जानकारी दिएकी छिन् ।

उनीहरुले २०२० मा व्यापार बढाउनको लागि स्ट्रीम नामको कम्पनी सुरु गरेका थिए । आफु आफ्नै काममा ब्यस्त हुने भएकोले पतिसँग केही नसोध्ने र राजले पनि कामको बारेमा आफुलाई केही नबताउने उनको शिल्पाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्