Logo

श्रीमानको हत्या गरेको आरोपमा महिला पक्राउ



दाङ, १ असोज । श्रीमानको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमान ५० वर्षीय छबी नारायण चौधरीको हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका ९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

छबी नारायण चौधरी आफ्नै घरमा मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा सम्पत्तीको बिषयमा बिवाद हुँदा मनसराले हातले घाँटी थिचेर हत्या गरेको खुल्न आएपछि मनसरालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्