Logo

पालैपालो सामूहिक बलात्कार गर्ने पक्राउ



दाङ, १ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुल्सीपुर उपमहानगरपालिका ११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

सुनार र सोही उपमहानगरपालिका ११ बस्ने २४ वर्षीय उमेश विकले ती बालिकालाई सोही ठाउँस्थित एक कटेजको कोठामा लगि पालैपालो सामूहिक जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको जनाएको छ ।

उनीमाथि जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्