Logo

९० दिनपछि फर्किए चिनियाँ अन्तरिक्ष यात्री(भिडियोसहित)



एजेन्सी, १ असोज । चीनको सबैभन्दा लामो अन्तरिक्ष (स्पेस) मिशनपछि चिनियाँ अन्तरिक्ष टोली सकुशल पृथ्वीमा फर्किएका छन् । करिब ९० दिनको लामो अन्तरिक्ष मिशन पूरा गरी टोली शुक्रबार सकुशल पृथ्वीमा अवतरण गरेको हो ।

नेई हेइसेङ, लिउ बुमिङ र ताङ होन्वोको टोली गत बिहीबार अन्तरिक्षयानबाट छुटेका उक्त टोलीले १ बजेर ३५ मिनेटमा (स्थानीय समयअनुसार) भित्रि मङ्गोलियाको गोपि मरुभूमिमा अवतरण भएका थिए । जुन १७ मा विभिन्न खोजको लागि अन्तरिक्षतर्फ गएको उक्त टोली आफ्नो मिशन पूरा गरि फर्किएको हो ।

पृथ्वीदेखि ३८० किलोमिटरमाथि रहेको चीनको स्पेस स्टेसनमा सो टोलीले ९० दिन बिताएका थिए । सन् २००३ देखि अहिलेसम्म चीनले १४ वटा अन्तरिक्ष यात्रीलाई अन्तरिक्षमा पठाइसकेको छ । सोभियत युनियन र अमेरिका पछि चीनले उक्त क्षेत्रमा तेस्रो स्थान हासिल गरेको छ । इन्टरनेश्नल स्पेस स्टेशन बाट बाहिरीए पछी चीनले आफ्नै स्पेश स्टेशन निर्माण गरेको दाबी गर्दै आएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्