Logo

नेपाल बङ्गलादेश बैंकको नयाँ शाखा हेटौंडा सिमेन्ट उद्योग भित्र



काठमाडौं, १ असोज । नेपाल बङ्गलादेश बैंकले १०औ विस्तारित सेवा केन्द्रको विस्तार गरेको छ । बैंकले नयाँ शाखा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिकाको वडा नं. ९ स्थित हेटौंडा सिमेन्ट उद्योग लि.को हाताभित्र आफ्नो उक्त सेवा केन्द्र सुरुवात गरेको हो ।

शाखाको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका हुन् । हेटौंडा उपमहानगरपालिकामा खोलिएको यस विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योग लि.लाई सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा १४ मा वित्तिय पहुँच पु–याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु–याउने उदेश्यका साथ आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिटान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंककिङ्ग प्रणालीमार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सेवाहरु सहजै प्राप्त हुने बैंकले जानकारी दिएको छ ।

“सबैका लागि बैंक” भन्ने मूल नारा सहित स्थापनाको २७ औँ वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ९ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्