Logo

थप ४४ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुग्यो



काठमाडौं, १ असोज । नेपाल सरकारले चीनबाट खरिद गरेको थप ४४ लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल बायुसेवा निगमको वाइडबडी जहाज मार्फत आज ल्याइएको हो । खरिद गरेको ६० लाख मात्रा खोप मध्ये ४० लाख मात्र खोप आज काठमाडौं आइपुगेको स्वास्थ्य विभागले जनाएको छ ।

आज आइपुगेको खोप काठमाडौं उपत्यकासहित हिमाली भागका १० जिल्लाका लागि उपयोगमा ल्याइने भएको छ । नेपालमा हालसम्म एस्ट्रेजेनिका खोपको पहिलो मात्रा २४ लाख ७६ हजार १ सय ३९ र दोस्रो मात्रा १४ लाख ३३ हजार ६ सय २७ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, भेरोसेल खोपको पहिलो मात्रा ३५ लाख २७ हजार ८ सय ८० जना र दोस्रो मात्रा २५ लाख ८२ हजार ५ सय ४९ जनाले लगाएको छन् । जोन्सन एण्ड जोन्सन १३ लाख ९९ हजार २ सय ५१ जनाले हालसम्म लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्