Logo

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप



काठमाण्डौ, १ असोज । चीनबाट खरिद गरिएको थप ४४ लाख डोज भेरोसेल खोप आज (शुक्रवार) काठमाडौ आइपुगेको छ । नेपाल वायु सेवा निगमको चार्टर्ड जहाजबाट खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले चीनसँग खरिद गरेको ६० लाख डोज भेरोसेल खोप आज नेपाल आईपुगेको हो । जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ । खोप ल्याउन निगमको वाइडबडी जहाज हिजो बिहीवार राति चीन गएको थियो । एकै खेपमा यति धेरै खोप ल्याइएको यो पहिलो पटक हो ।

यसअघि एक भायलमा दुई डोज खोप मात्र हुन्थ्यो । अहिले एक भायलमा पाँच डोज खोप हुन्छ । आज आइपुगेको खोप आउँदो सोमवारदेखि वितरण गरिने मन्त्रालयले जनाएको छ । यो खोप १८ वर्षदेखि ५० वर्षसम्मका नागरिकलाई लगाउने तयारी छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्