Logo

कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु



काठमाडौं, १ असोज । कोरोना संक्रमणबाट आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार ५ सय ५८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १ हजार ३ सय ५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४६ हजार ५ सय ६६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ६ सय ६५ पिसीआर र ३ हजार ७ सय २० एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्