Logo

राष्ट्रिय क्रिकेट टोलीमा आज गुलशनको डेब्यु



काठमाडौं, १ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आज गुलशन झाले डेब्यु गर्ने भएका छन् ।पहिलो पटक राष्ट्रिय टिममा परेका बलर गुलशन यस अघिका दुई खेलमा भने सुरुवाती–११ मा परेका थिएनन् ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध आज हुने खेलको सुरुवाती–११ मा गुलशन परेका छन् । यो सँगै उनले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।

अमेरिकाविरुद्धको आजको खेलमा बिक्रम शोबको स्थानमा गुलशनले मौका पाएका हुन् । गुलशनले मेयर्स कपमा नेपाल पुलिस क्लबबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्