Logo

सर्भिस माण्डु, रिटेल सेवा र (इक्यान) बीच सम्झौता पत्रमा हस्ताक्षर (फोटोफिचर)



काठमाडौं, १ असोज । सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । शुक्रबार काठमाडौंको धुम्बाराहीमा अवस्थित् अकामा होटेलमा आयोजित कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाको प्रमुख आतिथ्यतामा इक्यानका अध्यक्ष प्रकाश पाण्डे तथा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

आजको विश्व सहकार्य र सहयात्रामा अघि बढेको भन्दै नेपालमा पनि यो ट्रेण्ड लागु भएको भन्दै खुशी व्यक्त गरे । उनले अहिलेको समयमा बजारमा जाने फुर्सद नभएको अनलाईनमार्फत सेवा (डेलिभरी) को अपेक्षा राख्ने गरेको भन्दै अहिले सर्भिसमाण्ड, रिटेल सेवा र ईक्यानबीच भएको सम्झौता स्वागतयोग्य भएको बताए । ईक्यान नेपालको भरपर्दो र विश्वसनीय संस्था भएको भन्दै दुई संस्थाबीच भएको सम्झौताले व्यवसायिक सफलता प्राप्त गर्न कोशेढुंगा सावित हुने उनको भनाई थियो ।

उक्त सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफूले दिँदै आएका सेवा इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई उपलब्ध गराउनेछ । सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष केसीले सम्झौताअनुसार इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छिटो र छरितो सेवा आकर्षक छुटमा प्रदान गरिने जानकारी दिए । उनले छिटो छरितो सेवा दिएर इक्यानको विश्वास जित्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले विभिन्न सेवाको सहजताका लागि सर्भिस माण्डु र रिटेल सेवासँग सम्झौता गरेको बताए । उनले सर्भिस माण्डु र रिटेल सेवाबाट गुणस्तरीय र छिटो छरितो सेवा पाउने अपेक्षा गरेको बताए । सर्भिस माण्डु र रिटेल सेवा कोरोना भाइरसका कारण लकडाउन भएको समयमा स्थापना भएका संस्था हुन् । सो क्रममा सर्भिस माण्डु र रिटेल सेवाले कोरोनासँग सम्बन्धित मास्क, सेनिटाइजर, थर्मल गनलगायतका सामाग्री व्यक्तिको घरघरमा पुर्याएको थियो ।

अहिले सर्भिस माण्डु र रिटेल सेवाले ग्राहकलाई आवश्यक परेका वस्तु अनलाइन सेवामार्फत ग्राहकको घरघरमा उपलब्ध गराउँदै आएको छ । यी दुई कम्पनीले कपडा, इलेक्ट्रोनिक्स, स्वास्थ्य, सौन्दर्यलगायतका सामाग्री उपलब्ध गराउँदै आएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 

 



प्रतिक्रिया दिनुहोस्