Logo

भृकुटीमण्डपमा आजदेखि ‘टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेला’ को प्रारम्भ (फोटोफिचर)



काठमाडौं, १ असोज । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा जगदम्बा मोटर्स प्रालिले टीभीएस ग्राण्ड दशैं एक्सचेन्ज मेलाको आयोजना गरेको छ । दशैं ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन एक कार्यक्रमका बीच शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले गरेका थिए ।

टीभीएसले ग्राहकको चाहनालाई मध्यनजर गर्दै बजारमा नयाँ र नविनतम प्रविधिका मोटरसाइकल तथा स्कुटर नेपाल भित्र्याउने गरेको उनको भनाइ थियो । यस एक्सचेन्ज मेलाले ग्राहकलाई नयाँ सवारी का साथै दशैंमा थप खुसियाली प्रदान गर्ने उनको विश्वास थियो । असोज ६ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने कम्पनीले जनाएको छ ।

उक्त एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप रु. १० हजारसम्म मूल्यांकन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र खरिद गरिसकेपछि रु.१० लाखसम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम