Logo

सुदूरपश्चिममा नेकपा एसका एक मन्त्री र राज्यमन्त्रीद्वारा सपथ



धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेशमा नेकपा एसबाट तारा लामा तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवैले आज सपथ लिएका छन् ।

मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ गराएका हुन् ।

नेकपा एमाले फुटेर बनेको नेकपा एसबाट एक मन्त्री र एक राज्यमन्त्री थपिएका हुन् । नेकपा एमालेमा रहेपछि राजीनामा दिएकाहरुको स्थानमा उनीहरुको नियुक्ति भएको हो ।

तामाङ एमालेमा हुँदा प्रमुख सचेतक थिए । विगतमा भीम रावल निकट मानिएका तामाङ र बोहराले नेकपा एस रोजेका हुन् ।



प्रतिक्रिया दिनुहोस्