Logo

प्रिमियर लिगमा लिड्स र न्युकासल बराबरीमा रोकिए



काठमाडौं, २ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेड र न्युकासल युनाईटेडले बराबरीमा रोकिएका छन् ।शुक्रबार राति भएको खेलमा लिड्स र न्युकासलले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलको १३औं मिनेटमा राफिन्हाले गोल गर्दा लिड्सले सुरुवाती अग्रता बनाएको थियो ।

तर, खेलको ४४औं मिनेटमा एलन सेन्ट म्याक्सिमिनले गोल गर्दै न्युकासललाई १–१ गोलको बराबरी अवस्थामा पुर्याए ।यस खेलसँगै लिड्सले ५ खेलमा ३ अंक जोड्दै १६ औं स्थानमा रहेको छ ।
त्यस्तै न्युकासल २ अंक जोड्दै १८ औं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्