Logo

बस पल्टिदाँ १८ जना घाइते, चालक फरार



कपिलवस्तु, असोज २ । कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा यात्रु बाहक बस पल्टिदाँ १८ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार विहान ४ बजे दुर्घटना भएको थियो । बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

दुर्घटनामा सामान्य घाइते भएको १३ जना को स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । मध्यम घाइते भएका पाँच जनालाई थप उपचारका लागि बुटवल लगिएको छ । तीव्र गतिमा रहेको सो बस अनियन्त्रित भई सवारी दुर्घटना भएको प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र पाण्डेले बताए । दुर्घटनापछि सवारी चालक फरार रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम