Logo

एएफसी महिला एसियन कप छनोटमा आज नेपाल र फिलिपिन्स भिड्दै



काठमाडौं, २ असोज । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दै छ ।समूह एफ मा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा हुनेछ ।

खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपालले फिलिपिन्सविरुद्ध जित निकाल्ने लक्ष्य लिएको छ । नेपाली टोलीको कप्तानी रेनुका नगरकोटीले समाल्ने छिन् । फिफा वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ भने फिलिपिन्स ६८औं स्थानमा रहेको छ । यस्तै नेपालले बिहीबार दोस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष टोलीले २०२२ मा भारतमा हुने एसियन कप खेल्ने पाउने छ ।



प्रतिक्रिया दिनुहोस्