Logo

अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल



२ असोज: अर्जेन्टिनाको मन्त्रिपरिषद्मा शुक्रबार फेरि फेरबदल गरिएको छ ।राष्ट्रपति अल्बेर्टो फेर्नान्डोजले नयाँ राजनीतिक संकट उत्पन्न भएसँगै मन्त्रिपरिषद्मा पुनः हेरफेर गरेको जनाइएको छ । नयाँ मन्त्रिपरिषद्मा अनिबाल फर्नेन्डोजले सुरक्षा, जुलियन डोमिन्गुजले कृषि, जोन पेर्जाक्सले शिक्षा र डानियल फिल्मुसले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेबारी पाएका छन् ।

योसँगै प्रमुख प्रशासकको जिम्मेबारी पनि जोन मन्जुरलाई दिइएको छ । उनी यसअघि तुकुमन प्रान्तको गभर्नर थिए । राष्ट्रपति फेर्नान्डोजले विदेश मन्त्रीलाई पनि उनी विदेशमा रहेको बेला पदमुक्त गरेका छन् । विदेश मन्त्री फिलिप सोला ल्याटिन अमेरिकी समूदायको सम्मेलनमा सहभागी हुन मेक्सिको गएका छन् । सो सम्मेलन शनिबारदेखि शुरु भएको छ ।

सम्मेलनमा राष्ट्रपति फेनार्न्डेज समेत सहभागी हुने कार्यक्रम भएको भएपनि उनको भ्रमण स्थगित भएको छ । उनले देश भित्रको राजनीतिक संकटकै कारणले भ्रमण स्थगित गरेको उनको सचिवालयले जनाएको छ ।
उनले अर्को हप्ता अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी नहुने निर्णय सुनाइसकेका छन् । मन्त्रिपरिषद्का नयाँ सदस्यहरूलाई सोमबार सपथ ग्रहण गराउँदै जिम्मेबारी सुम्पिने राष्ट्रपतिको योजना छ । उनले जोन रोसलाई नयाँ सञ्चार सचिवको रूपमा नियुक्त गरेका छन् । यसअघि सो पदमा जोन पाब्लो बिओन्डी थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम