Logo

‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज, कसले जित्ला २५ लाख नगद र कार ?



काठमाडौं, २ असोज । नेपालको एकमात्र कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को फाइनल आज हुँदैछ । च्याम्पियनको टप–३ (फाइनल)मा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका बिक्की अग्रवाल रहेका छन् । आज राती ९ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

भरतमणि प्रस्तुतीका आधारमा ‘पफर्मर अफ द राउण्ड’ भएर सिधै टप–३ मा पुगेका हुन भने सन्तोष र बिक्की भोट र प्रस्तुतिको आधारमा टप–३ मा पुगेका हुन् ।उनीहरु तिनैजनाले फरकफरक विशेषता बोकेका छन् । जसमा भरतमणि क्यारिकेचरमा अब्बल रहेका छन् । उनी पछिल्ला एपिसोडमा पूर्व युवराज पारस शाहाको क्यारिकेचर गरेर चर्चा बटुलेका छन् ।

यस अघि पनि राजेन्द्र महतो, गोकुल बास्कोटा, योगेश भट्टराई लगायतका नेताहरुको नक्कल गरेका थिए ।साथै, गोरखाका सन्तोषले समाजको यथार्थलाई कमेडीको रुपमा उत्कृष्ट ढंगले प्रस्तुत गर्ने गर्छन् भने बिक्कीले हरेक एपिसोडमा कमेडीका नयाँ स्वरुपलाई स्टेजमा पस्किने गरेका छन् ।

तीन जनामा कसले उपाधि चुम्ला भन्ने बिषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा सबैभन्दा धेरे भरतमणीको पक्षमा मत देखिन्छ । तर, कसलाई कति भोेट आउँछ भन्ने कुराले जितको निर्धारण गर्ने भएको हुदाँ कस्ले जित्छ भन्नेकुरा नतिजा घोषणापछि मात्र थाहा हुनेछ । भुगोलको हिसाबमा प्रतिस्पर्धीहरुलाई नेताहरुले पनि भोट मागी रहेका छन् । भरतमणीको पक्षमा नेकपा (एमाले)का ताप्लेजुङका नेता योगेश भट्टराई, नेपाली काँग्रेसका नेता गगन थापा लगायतका नेताहरुले भोट मागेका छन् । त्यस्तै गोरखाका नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सन्तोसको पक्षमा भोट मागेका छन् भने सिक्कीमका मुख्यमन्त्री समेतले बिक्कीलाई समर्थन गरिरहेका छन् ।

विजेताले नगद रु २५ लाख, कार र अन्य थुप्रै आकर्षक उपहारहरु पाउनेछ । साथै, दास्रो स्थान बनाउनेलाई बाइक र तेस्रोलाई स्कुटर दिइने च्याम्पियन टिमले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्