Logo

बलिउड अभिनेता सोनु सुदमाथि कर छलेको आरोप



एजेन्सी, २ असोज। बलिउड अभिनेता सोनु सुदले २० करोड भारुभन्दा बढी कर छलेको भारतको आयकर विभागले जनाएको छ । सुदको मुम्बईस्थित घरमा लगातार तीन दिन छापा मार्दै विभागले शनिबार विज्ञप्ति सार्वजनिक गरेको हो । विदेशी दाताबाट सुदले क्राउड फन्डिङ प्लेटफर्मबाट २.१ करोड ननप्रोफिट सम्पत्ति जुटाएको विभागले जनाएको छ । पछिल्लो साता दिल्ली मुख्यमन्त्री अरविन्द केजरीवालसँग सहकार्य घोषणा भएको केही दिनमै आयकर विभागले सुदको घरमा छापा मारेको हो ।

भारतमा सुरु भएको कोरोनाको पहिलो लहरको बेला सुदले स्थापना गरेको सोनु सुद फाउन्डेसनलाई अहिलेसम्म १८.९४ करोडको डोनेसन मिलेको छ । जसमध्ये १.९ करोड विभिन्न कार्यमा खर्च भएको छ भने १७ करोड अहिले पनि खातामै छ । स्रोतका अनुसार लखनउको एक रियल स्टेट कम्पनीसँग सोनु सुदको फाउन्डेसनले हालै एउटा व्यापार सम्झौता गरेको र यसमा पनि कर छलिएको अनुमान गरिएको छ । यस विषयमा थप अनुसन्धान भैरहेको जनाइएको छ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्