Logo

तालिवानले हटायो महिला मन्त्रालय



एजेन्सी, २ असोज। अफगानिस्तानमा नवगठित तालिवान सरकारले महिला मन्त्रालय हटाएको छ । धार्मिक कट्टर मान्यता कार्यान्वयन गराउन शुक्रबार तालिबानले महिला मन्त्रालय हटाएको हो ।

तालिवानले शुक्रबार महिला मामिला मन्त्रालय हटाएर त्यसको सट्टा ‘सदाचार दूराचार’ मन्त्रालय राख्ने निर्णय गरेको छ । काबुलमा राखिएको सदाचार र दूराचार मन्त्रालयले धार्मिक मान्यता र नैतिकतालाई प्राथमिकतामा राख्ने बताइएको छ ।

सो मन्त्रालय तालिवानको नयाँ शासन सुरु हुनुभन्दा पहिलेदेखि नै अस्तित्वमा रहेको र सन् १९९६ देखि २००१ को दशमा तालिवानले आफ्नो शासनकालमा सो मन्त्रालय विस्तार गरेको बताइन्छ । सन् १९९० को दशकमा तालिबान शासनको क्रममा उक्त मन्त्रालयले कठोर इस्लामिक नियम पालना गराउनुका साथै महिलामाथि कडा प्रतिबन्ध लगाएको थियो । विगतमा अफगानिस्तानमा महिलाहरुले गरेको २० वर्षे संघर्षपछि आधारभूत आवश्यकताहरु प्राप्त गरेका थिए ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्