Logo

आणविक शक्तियुक्त पनडुब्बी को सँग कति



एजेन्सी, २ असोज । विश्वको शक्तिसन्तुलनमा फेरबदल आएपछि बलिया देशहरुबीच नयाँ गठबन्धन विकास भएको छ । आणविक शक्ति बढाउने होडवाजी चलेको छ । शक्तिशाली हतियार निर्माणको क्रम बढेको छ ।

अमेरिका, बेलायत र अष्ट्रेलियाले नयाँ प्रतिरक्षा समझदारी बनाएका छन् । जसमा हतियार खरिदको विषय छ । अष्ट्रेलिया आणविक हतियारसहितको पनडुब्बी प्राप्त गर्नेतर्फ बढेको छ । उसले फ्रान्ससँग सन् २०१६ मा भएको पनडुब्बी खरिद सम्झौता स्थगित गरी अमेरिका र बेलायतसँग नयाँ समझदारी बनाएको छ ।

आणविक हतियार रहेको ब्यालेस्टिक मिसाइल बलिया देशका लागि महत्वपूर्ण हुने गरेको छ । यसबाट पनि देश कति शक्तिशाली छ भन्ने मापनको एउटा आधार तयार हुने गरेको छ ।

इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजका अनुसार अहिले विश्वमा आणविक हतियार बोक्ने पनडुब्बी कुल १२९ वटा छ । सबैभन्दा बढी अमेरिकासँग ६८ वटा छ । त्यसपछि रुससँग २९, चीनसँग १२, बेलायतसँग ११, फ्रान्ससँग ८ र भारतसँग १ आणविक हतियारयुक्त पनडुब्बी छन् ।

अमेरिकासँग रहेको ६८ पनडुब्बीमध्ये आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी १४ वटा छ । ४४ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् ।

रुससँग ११ वटा आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी छ । १८ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् । रुससँग सबैभन्दा ठूलो आणविक हतियारयुक्त पनडुब्बी छ ।

चीनसँग ६ वटा आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी छ भने ६ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् ।

बेलायतसँग ४ वटा आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी छ । ७ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् ।

फ्रान्ससँग ४ आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको र ४ वटा अन्य प्रकारको आणविक हतियारयुक्त पनडुब्बी छन् ।

भारतसँग आणविक हतियारसहितको ब्यालेस्टिक मिसाइल रहेको पनडुब्बी एउटा छ ।

सबमेराइन भनिने पनडुब्बी समुन्द्रको निकै भित्र समेत जान सक्छ । यसले समुन्द्री युद्धक जहाज देखि जमिनमा समेत मार हाल्न सक्छ । यो विशेषत समुन्द्री युद्धमा प्रयोग गरिन्छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्