Logo

फिलिपिन्स विरुद्धको खेलमा नेपाललाई एक गोलको अग्रता



काठमाडौं, २ असोज । नेपालले फिलिपिन्स विरुद्धको खेलमा १०औं मिनेटमा एक गोलको अग्रता लिएको छ ।नेपालको तर्फबाट विमला चौधरीले हेडमार्फत उत्कृष्ट गोल गरेकी हुन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्ससँग खेल्दै छ ।

समूह एफमा रहेका नेपाल र फिलिपिन्स बीचको खेल उज्वेकिस्तानको जेएआर स्टेडियममा भइरहेको छ । फिफा वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ भने फिलिपिन्स ६८औं स्थानमा रहेको छ । समूहको शीर्ष टोलीले २०२२ मा भारतमा हुने एसियन कप खेल्ने पाउने छ ।



प्रतिक्रिया दिनुहोस्