Logo

सेटिङमा खरबौंको खेलः ओली



काठमाडौं, २ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सेटिङमा खरबौंको खेल गरेको आरोप लगाएका छन् । उनले आज पार्टी निकट कर्मचारी संगठनको भेलामा भन्सार छुट दिने या नदिने व्यवस्था गरेर खरबौंको खेल खेलेको आरोप लगाएका हुन् ।

‘सोझैं सेटिङमा अरबौंको मात्र होइन खरबौंको खेल भएको छ,’ ओलीले भने, ‘भन्सार कस्लाई छुट दिने र कस्लाई नदिने खेल भएको छ ।’

उनले खरबौंको तल माथि पर्ने गरी सेटिङ भएको भन्दै सरकारले भ्रष्टाचार योजनावद्ध गरिरहेको आरोप लगाए । देशमा भ्रष्टाचारका लागि सेटिङ भइरहेको टिप्पणी गरे ।

कर्मचारीलाई घूस खुवाउन आउँदा पनि खान्न भन्ने हिम्मत गर्न भने । उनले भने, ‘म कमिशनको एजेन्ट होइन भन्न सक्नुपर्छ ।’-Photo By: Mukunda Kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्