Logo

संयुक्त राष्ट्रप्रमुखद्वारा अफगानिस्तानमा सहयोगको आग्रह



२ असोज: संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले अफगानिस्तानको समर्थनमा शङ्घाई सहयोग सङ्गठन (एससीओ)का सदस्यसँग सहयोगको लागि आग्रह गरेका छन् ।

गुटेरेसले एसजीओ शिखर सम्मेलनमा शुक्रबार ताजिकिस्तानमा आयोजित कार्यक्रमा सन्देश पठाउँदै सो आग्रह गरेको सिन्ह्वाले जनाएको छ । आफ्नो सम्बोधनको क्रममा, संयुक्त राष्ट्रसङ्घका महासचिवले अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेका हुन् ।

सिन्ह्वाले संयुक्त राष्ट्रसङ्घ प्रमुखलाई उद्धृत गर्दै भनेको छ, संयुक्त राष्ट्रसङ्घ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । हामी अफगानी जनताको समर्थन गर्न को लागि तपाइँ सबैसँग काम गर्न को लागि तत्पर छौँ । हालको स्थिति छिटो र अप्रत्याशित ढङ्गले विकसित हुँदै गएको छ । तर अफगानी जनता चरम गरिबीको उन्मूलन गर्न, रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःयथावतरूपमा सञ्चालन होस् भन्ने चाहान्छन् ।

विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसङ्घका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् ।

शुक्रवार संयुक्त राष्ट्रसङ्घ शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीले अफगानिस्तानको मानवीय स्थितिलाई असाध्यै निराशाजनकू भन्दै खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापनका निम्ति जोड दिएका छन् ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम