Logo

यी अर्बपतिले पत्नीको हत्या लुकाउन छिमेकी र साथीको हत्या गरेको रहस्य खुल्यो



एजेन्सी, २ असोज । यी अमेरिकी अर्बपति हुन् । उनले ४० वर्ष अघि पत्नीको हत्या गरेका थिए । त्यो लामो समय लुक्यो । हत्या लुकाउन उनले अरु हत्या पनि गर्न थाले । साथीको हत्या २१ वर्ष अघि गरे । त्यो पनि केही वर्ष लुकाउन सके ।

पाप धुरीबाट कराउँछ भने झैं उनको हत्याकर्म खुल्यो । यी अमेरिकी घरजग्गा कारोबारमा चर्चित व्यक्ति रोबर्ट डस्र्ट थिए ।

डस्र्टले सन् २००० मै साथीको हत्या गरेको खुलेको हो । डस्र्टका श्रीमती हराएको विषयमा कुनै गोप्य सूचना प्रहरीलाई दिने डरले साथीको हत्या गरेको बीबीसीले लेखेको छ । श्रीमतीको शव बेभर्ली हिल्समा पाएका थिए । श्रीमतीको निधारमा गोली प्रहार गरिएको अवस्थामा फेला परेको थियो । उनलाई कतिपयले नारसिसिस्ट साइकोपाथको संज्ञा समेत दिएका छन् ।

डस्र्टका साथी बर्मन एक अपराध विषयका लेखेक थिए । उनलाई प्रहरीले डस्र्टको श्रीमती हत्या काण्डका मुख्य व्यक्तिको रुपमा रखेका थिए । डस्र्टकी श्रीमती सन् १९८२ मा हराएकी थिइन् भने पछि उनको शव मृत अवस्थामा भेटिएको थियो । अभियोजकहरुका अनुसार डस्र्टले आफ्नो श्रीमती लगायत अन्य दुई जनाको हत्या गरेका थिए । त्यसमध्ये एक उनका छिमेकी थिए भने अर्का व्यक्ति मोरिस ब्ल्याक थिए । जसलाई सेल्फ डिफेन्समा मारेको डस्र्टले नै पुष्टि गरेका थिए ।

डस्र्टलाई सम्भवतः १८ अक्टोबरमा जेल सजाय हुन सक्ने बुझिएको छ । उनले सम्पूर्ण विषयलाई लिएर एचबिओ टिभि च्यानलमा एक डाकुमेन्ट्री समेत निकालेका थिए । उनले डोकुमेन्ट्रीको अन्तिम पार्टमा भनेको विषयलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘आखिर मैलै के गरे, पक्के पनि ती सबको हत्या गरे ।’



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम