Logo

सुनीता बराल अनेरास्ववियू अध्यक्ष चयन, महासचिवमा समिक



काठमाडौं, २ असोज । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूमा नयाँ नेतृत्व चयन भएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सुनिता बरालको नेतृत्वमा नयाँ कमिटी गठन गरेको हो ।

अनेरास्ववियूको उपाध्यक्षमा कल्पना वाइवा र महासचिवमा समिक बडाल चयन भएका छन् । यसअघिका अध्यक्ष ऐन महरलगायतका मुख्य पदाधिकारीले विद्यार्थी राजनीतिबाट बिदा लिएका छन् । उनीहरु पार्टी कमिटीमा जाने भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्