Logo

अन्तिम समयमा दुई गोल खाँदा नेपाल फिलिपिन्ससँग पराजित



काठमाडौं, २ असोज । नेपाल महिला फुटबलमा फिलिपिन्ससँग पराजित भएको छ । ८९ मिनेटसम्म अग्रता लिएको नेपाल अन्तिमतिर सम्हालिन नसक्दा पराजित भएको हो ।

आज उज्बेकस्तानमा भएको एसियन कप २०२२ को छनोटको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै १०औं मिनेटमा अग्रता लिएको थियो । विमला चौधरीको गोलले नेपाल जीत नजिक पुगिसकेको थियो ।

खेलको ९०औं मिनेटमा फिलिपिन्सकी थानिया अनिसले बराबरी गोल गरिन् । इन्जुरी समयमा कामिला विल्सनले गोल गर्दै फिलिपिन्सलाई महत्वपूर्ण जित दिलाइन् ।

आजको पराजयले नेपालको एशियन कप छनोट कमजोर भएको छ । भारतमा सन् २०२२ मा हुने एसियन कप फुटबलमा समूहको शिर्ष टोली स्वतः छनोट हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot