Logo

रावलसहितका नेताहरुले गोकुल बाँस्कोटासामु लम्पसार पर्नुपर्ने झाँक्रीको ठोकुवा



काठमाडौं, २ असोज । नेकपा एसकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नेकपा एमालेमा रहेका भीम रावललगायतका नेताहरुलाई चुनाव जितेर देखाउन चुनौती दिएकी छिन् । उनले एमालेको आगामी महाधिवेशनमा रावलसहितका नेताहरु गोकुल बाँस्कोटाहरुको सूचीमा नपरे पार्टीको केन्द्रीय सदस्य समेत नजित्ने ठोकुवा गरेकी छिन् ।

‘गोकुल बाँस्कोटाहरुको सूचीमा नपरे कसरी चुनाव जित्नुहुन्छ ?’ झाँक्रीले सिन्धुलीमा पार्टीको बैठकमा प्रश्न गरिन्। उनले ओलीले पार्टीमा एकलौटी प्रभाव जमाइसकेको समेत बताइन् । माधव नेपाललाई छाड्नेहरुसँग एमालेभित्र ५ प्रतिशतमात्र शक्ति रहेको भन्दै ओली समूहमा लम्पसार नपरे कुनै पद नपाउने ठोकुवा गरिन् ।

रावलसहितका नेताहरुले गोकुल बाँस्कोटालगायतसँग लम्पसार पर्नुपर्ने टिप्पणी गरिन् । माधव नेपालको साथ छाडेका रावलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायतलाई नेकपा एसमा आउन आग्रह गरिन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्