Logo

५२३ कैदीलाई माफी मिनाहा



काठमाडौं, २ असोज । संविधान दिवसमा यस वर्ष ५२३ जना कैदीहरुले माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा भोलिबाट लागू हुनेगरी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आज विज्ञप्तिमार्फत हर्कबहादुर राइृसमेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको जानकारी दिएको हो ।
सरकारले वर्षेनी संविधान दिवसमा कैद कट्टा गरी माफी मिनाहा गर्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्