Logo

संविधान गीता र महाभारत होइन, संशोधन नगरी स्वीकार्य हुन्नः राजेन्द्र महतो



काठमाडौं, असोज ३ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान गीता र महाभारत नभएकाले यसलाई स्वीकार्य बनाउने हो भने तत्काल संशोधन हुनुपर्ने बताएका छन् । उनले मधेसी, थारु, मुस्लिम, जनतजाति, खसका पहिचान र अधिकार अनि नयाँ सीमाकंनसहितको संघीयताको आवश्यकता औंल्याएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतोले भने, ूकुनै पनि राष्ट्रिय दिवस सम्पूर्ण जनताले उल्लास र उमंगसाथ सुखद रुपमा मनाउने खालको हुनुपर्छ । तर आजको संविधान दिवस हामीले खुसीसाथ मनाउने अवस्था छैन । यसको निर्माण हुँदादेखि नै विरोध भएको हो । मधेसी, थारु, मुस्लिम, जनजाति, खस आदि अधिकार, पहिचान र संघीयताको मागसहित सडकमा थिए । त्यही विरोधका बीचमा संविधान घोषणा गरिएको हो । जनतालाई गोली ठोकीठोकी जारी गरेको संविधान कसरी मनाउने रुू

नेता महतोले मुलुकमा ६ वटा संविधान असफल भएपछि आएको यो संविधानमा सम्पूर्ण नेपालीको अपनत्व हुनुपर्ने बताए । उनले थपे, ूपहिलेका ६ वटा संविधान असफल भएपछि आएको यो संविधान पनि सम्पूर्ण नेपाली जनताले अपनत्व महसूस गर्ने गरी निर्माण भएन । भारतमा ७५ वर्षमा एउटा मात्र संविधान बन्यो, सवा सयचोटि संशोधन भयो । नेपालमा ७० वर्षमा सात वटा संविधान बन्यो । तर एउटा पनि सफल भएनन् । प्राविधिक रुपमा संविधानसभाबाट बने पनि एकल राष्ट्रराज्यको सोच, चिन्तन र मानसिकताले बनाइयो । नेपाल बहुलता, विविधता र पहिचानले भरिएको देश हो । यहाँ बहुल राज्यराष्ट्र बन्नुपर्छ ।ू

अहिलेको संघीयता एकात्मक खालको भएकाले संघीय लोकतान्त्रिक गणतन्त्र नाम मात्रको भएको उनको आरोप छ । उनले भने, ूसंघीयता, अधिकार, समानता र पहिचानले पूर्णता पाएन । त्यसैले यसको विरोध गर्नु स्वाभाविकै हो । संविधान सबैका लागि बनाउनुपर्छ । संविधानलाई संशोधन र परिमार्जनबिना गीता, महाभारत बनाउने हो र रुू कार्यक्रममा उनले नेपाली रेडियो नेटवर्क पाँचौं वर्ष पुगेको अवसरमा सम्पूर्ण नेपाली जनताको आवाज बोकेर देशभरि पुग्न शुभकामना दिए ।



प्रतिक्रिया दिनुहोस्