Logo

नेपाली रेडियो नेटवर्क छैठौ बर्षमा प्रवेश



काठमाडौं, असोज ३ । नेपाली रेडियो नेटवर्क आजदेखि छैठौ बर्षमा प्रवेश गरेको छ । नेपाली श्रोता माझ २०७३ साल असोज ३ गते संविधान दिवसका दिनदेखि नेपाली रेडियो नेटवर्क घन्कीन थालेको हो ।

श्रमजिवि पत्रकारहरुकै सक्रियतामा सवैका लागि सूचना भन्ने मुल मर्मका साथ सुरु भएको रेडियो छोटो अवधिमै विश्वभरीका नेपालीहरुका बीचमा लोकप्रिय भएको छ । पाँचौ बार्षिकोत्सव मनाउदै छैठौ बर्षमा प्रवेश गर्दै गर्दा नेपाली रेडियो नेटवर्क अन्तर्गत काठमाडौमा प्रसारण हुदै आएको रेडियो एनआरएन ९९.१ को प्रसारण क्षमता बृद्धि गरी १००० मेगावाट बनाइएको छ ।

संविधान जारी भएको अर्को बर्ष सुरु भएको नेपाली रेडियो नेटवर्कले राजनीतिक विषयसँगै कृषी, शिक्षा, स्वास्थ्य, उर्जा, पयर्टनलगायत विकासका मुल आधारहरुलाई प्राथमिकता दिदै आएको छ । आगामी दिनमा कानुनी, वित्तिय, सूचनाप्रविधि, स्वास्थ्य, सडक लगायत दर्जनौ क्षेत्रमा रहेको साक्षरताको अभाव मेट्ने प्रयासमा नेपाली रेडियो नेटवर्कले साक्षरता कार्यक्रमहरु पनि गर्ने योजना बनाएको छ ।

स्थानीय, प्रदेश र संघीय निर्वाचनका बेला अत्याधिक लोकप्रिय भएको हाम्रो विषेश प्रस्तुती निर्वाचनमा नजर जस्तै नयाँ प्याकेजहरु मार्फत् साक्षरताका लागि सम्वन्धीत निकायहरुसँग सहकार्य गरेर नयाँ अभियान चलाउने सोँच बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्