Logo

अमेजनले गर्यो चिनियाँ ग्राहकहरुमाथि प्रतिबन्ध



एजेन्सी, ३ असोज। अमेजनले केही शीर्ष चिनियाँ बिक्रेताहरुलाई प्रतिबन्ध लगाएको छ। उपभोक्ताहरुबाट झुटो प्रतिक्रिया मागे को, गिफ्ट कार्डको दुरुपयोग गरेको र समीक्षा प्रणालीको गलत प्रयोग गरेको भन्दै अमेजनले शीर्ष चिनियाँ बिक्रेताहरुलाई प्रतिबन्ध लगएको हो।

अमेजनको एक अनुसन्धानले चिनियाँ बिक्रेताहरु एक सकारात्मक समीक्षा छोडेर वास्तविक ग्राहकहरुलाई क्षतिपूर्ति गरेर आफ्नो उत्पादनहरु बेच्ने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको हो। उनीहरुले नक्कली सामग्रीहरु पनि बिक्री गरेको पाइएको छ।

अमेजनले यस बर्षको मेबाट केहि शीर्ष चिनियाँ ब्रान्डहरुमा प्रतिबन्ध लगाएको छ।

शेन्जेन क्रसबोर्डर ई कमर्स एसोसिएशनका अनुसार, मे महिनादेखि अमेजनको कदमले कम्तीमा ५०,००० चिनियाँ व्यापारी खाताहरु प्रभावित भएका थिए र चिनियाँ क्रसबोर्डर ईवाणिज्य कम्पनीहरुलाई १०० बिलियन युआनभन्दा बढी घाटा लागेको ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ।

अमेरिकाको प्रतिस्पर्धा र बजार प्राधिकरण ९सीएमए०ले अमेजन र गुगलमा औपचारिक छानबिन सुरू गरेपछि दुई कम्पनीले नक्कली समीक्षाहरुलाई सम्बोधन गर्न पर्याप्त काम नगरेको चिन्ता बताइएको छ।

हालैका वर्षहरुमा बेइजिङको ईवाणिज्य लेनदेनमा वृद्धि भएपछि चिनियाँ कम्पनीहरु विरुद्ध अभियानहरु चलाइरहेका छन्। भन्सार को सामान्य प्रशासनको आँकडा अनुसार चीनमा कुल सीमा पार ईवाणिज्य सन् २०२० मा ३१.१ प्रतिशतले बढेर २ खर्ब ६० अर्ब डलर पुगेको छ।



प्रतिक्रिया दिनुहोस्