Logo

डिप्रोक्स लघुवित्तले असोज २३ गते बोलायो साधारण सभा



काठमाडौं, ३ असोज । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा हुने भएको छ । असोज २३ गते कम्पनीले सभा बोलाएको हो । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले विहान ११ बजे चितवन गार्डेन रिसोर्ट भरतपुर, चितवनमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने जनाएको छ ।

कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५३ प्रतिशत लाभांशलाई सभाले पारित गर्ने भएको छ । हाल कम्पनीको १ अर्ब १५ करोड ६२ लाख ४८ हजार चुक्तापुँजी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्