Logo

संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन सक्दैन : मुख्यमन्त्री पोखरेल



गण्डकी, ३ असोज: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले संविधान राज्यव्यवस्था सञ्चालन गर्ने साधन मात्र नभई साध्य बन्नसके मात्र संवैैधानिक शासनमार्फत् राजनीतिक स्थिरता कायम हुनसक्ने उल्लेख गरे।

सन्देशमा भनिएको छ “राजनीतिक स्थिरताका लागि सरकार, राजनीतिक दल, नागरिक समाजलगायत सबै जनतामा संविधानप्रति अपनत्व र आस्था वृद्धि गराउँदै यसप्रतिको स्वीकार्यतालाई अझ बढाउँदै लैजानुपर्ने आवश्यकता छ । ”

सन्देशमा संविधानको सही कार्यान्वयनविना सुशासन कायम हुन नसक्ने जनाउँदै यसलाई सुशासनको वाहक बनाउन कानूनी शासन र संविधानवादमार्फत् संविधानको व्यावहारिक कार्यान्वयनप्रति सबै प्रतिबद्ध बन्नुपर्ने उल्लेख छ । “सम्मानित सर्वोच्च अदालतको फैसलापछि त्यसले आफ्नो मार्ग समातेको छ, आगामी दिनमा यस्ता विवाद सिर्जना नगरी देश र नागरिकलाई केन्द्रमा राख्न राजनीतिक दलले प्रतिबद्धता जनाउन जरुरी छ ।” सन्देशमा भनिएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्