Logo

बुद्धभुमि नेपाल हाइड्रोपावरले ७ लाख कित्ता आईपीओ जारी गर्दै



काठमाडौं, ३ असोज । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले ८ करोड बराबरको ८ लाख कित्ता आईपिओ जारी गर्ने भएको छ । कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको हो ।

कुल कित्ता मध्ये १६ हजार कित्ता कर्मचारी, ४० हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

उक्त शेयरमा छिटोमा असोज १४ गते र ढिलोमा असोज २५ गतेसम्ममा न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म माग गर्न सकिने कम्पनीले जनाएको छ । आईपीओ बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्