Logo

मेगा बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा विशेष छुट पाउने



काठमाडौं, ३ असोज । मेगा बैंक नेपालका ग्राहकले काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालमा विशेष छुट पाउन भएका छन् ।
मेगा बैंक नेपाल र कान्तिपुर अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।

सम्झौता पछि मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले कान्तिपुर अस्पतालमा जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने एम्बुलेन्स सेवा निःशुल्क पाउने जनाइएको छ । आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिद गर्दा भने १० प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ ।

बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई शल्यक्रिया गर्नुपरेमा विशेष छुट र कोभिडको पीसीआर परीक्षणमा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

मेगा बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर यस अघिनै काठमाडौं उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्