Logo

ग्लोबल आइएमई बैंकले गर्यो निड्ससँग सम्झौता



काठमाडौं, ३ असोज । ग्लोबल आइएमई बैंकले नेपाल विकास अध्ययन संस्थानसँग लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवा, वैदेशिक रोजगारीमा रहेका श्रमिकका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएकालगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिलाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने जनाएको छ ।
नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रममा छनौटका लागि आवेदन माग गरी लक्षित व्यक्तिको सूची बनाउने छ । संस्थानले छनौट गरेका व्यक्तिलाई उचित अभिमुखीकरणको तालिमको व्यवस्था गरी सहुलियतपूर्ण कर्जाका लागि बैंकलाई सिफारिस गर्नेछ ।

उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र संस्थानका कार्यकारी निर्देशक चिरञ्जिवी बरालले हस्ताक्षर गरेका छन् । एसजी समूह इटालियन मोटरसाइकल र स्कूटरको कम्पनी तारो मोटर्सको पनि आयातकर्ता हो।

नयाँ टेक्केन आर २५० को शुरुवात मूल्य चार लाख पाँच हजार रुपैयाँ तोएिको छ । जुन सीमित समय अवधिको लागी मात्र उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध यो बाइक हरेक सडकलाई चुनौती दिने किसिमले डिजाइन गरीएको कम्पनीको दाबी छ । यसको उन्नत इन्जिन, कडा चेसिस÷फ्रेम, शानदार ग्राफिक्स, स्टाइलिश हेडलाइट्स, राम्रो डिजाइन, इनबिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायक सिट भएकोले नेपालको युवाहरुले अत्यन्तै मन पराउने कम्पनीको विश्वास छ ।

 



प्रतिक्रिया दिनुहोस्