Logo

सैनिक मञ्च टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर)



काठमाडौं, ३ असोज । आज सातौं सविधान दिवस । नेपाल सरकारले संविधान दिवस भव्यताका साथ मनाएको छ। संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भएकी छन्।

उक्त अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका थिए । कार्यक्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी भएका थिए।

नेपाली सेनाले हेलिकप्टरमा संविधान दिवस, राष्ट्रिय दिवस बाँधिएको ब्यानर बोकेको थियो भने पुष्पवृष्टि पनि गरेको थियो। २०७२ असोज ३ गते संविधान सभाले नेपालको संविधान जारी गरेको थियो।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्