Logo

प्रधानमन्त्री देउवाले भने–मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य हो



काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्दै समृद्धिको लक्ष्य हासिल गरिने बताएका छन् । उनले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्नु सबैको साझा लक्ष्य भएको पनि बताएका छन्।

सातौं संविधान दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले भने,‘समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ ।’ उनले चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोना खोप लगाइने पनि विश्वास दिलाए ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्