Logo

टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु, असोज ६ गतेसम्म हुने



काठमाडौं, ३ असोज । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले असोज १ गतेबाट टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु भएको छ । भृकुटीमण्डपमा आयोजना भएको उक्त मेला असोज ६ सम्म आयोजना हुने छ ।

मेलामा उपहारको बर्षाको साथ् ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन्।

मेलामा कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा १० हजार सम्म मुल्याङ्कन पाउने छन् । त्यस्तै, नयाँ सवारी खरिद नगरी एक लाख सम्म र किनिसके पछि १० लाख रुपैयाँ सम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । यस अफरमा प्रि–बुकिङ् गरे मात्र पनि ग्राहकको लागि दुई हजार बराबरको आकर्षक उपहारको व्यवस्था गरिएको छ।

यस योजनाको मुख्य आकर्षणको केन्द्र भनेको चाहिं एक्सचेन्जमा ईएमआइ अफर रहेको छ । जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएमआइको सुरुवाती दर पाँच हजार नौ सय ९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्ने छन्।

यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इएअआइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्