Logo

सिरि ए फुटबलमा इन्टर मिलानको फराकिलो जित



एजेन्सी, ३ भदौ । सिरि ए फुटबलमा इन्टर मिलानले बोलोग्नामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले बोलोग्नामाथि ६–१ फराकिलो जित निकालेको हो । डेनजेल डम्फ्राइजको पासमा लौराटो मार्टिनेजले गोल गर्दा इन्टरले सुरुवाती अग्रता लिएको थियो ।

फेडेरिको डिमार्कोको कर्नरमा मिलान स्क्रिनियारले इन्टरको अग्रतालाई दोब्बर बनाएका थिए । इडेन जिकोले अन्तिम समयमा लगातार दुई गोल गर्दै इन्टरलाई ६–० को शानदार अवस्थामा पुर्याएका थिए ।  तर, खेल सकिन ४ मिनेट अघि बोलोग्नाका आर्थर थियट्सले गोल गर्दा खेल ६–१ को अवस्थामा पुगेको थियो । सिरि ए फुटबलमा मिलानले पछिल्ला चार खेलमा १६ गोल गरीसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्