Logo

कोभीडका कारण स्थगित आईपीएल आजबाट युएईमा हुँदै



काठमाडौं, ३ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटका बाँकी खेलहरु आज (आइतबार)बाट युएईमा सुरु हुने भएको छ ।कोभीड–१९ का कारण स्थगित भएको आईपीएलका बाँकी खेल आजबाट युएईमा सुरु लागेको हो ।

लिगमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । यस अघिको भएको खेलमा चेन्नई मुम्बईसँग ४ विकेटले पराजित भएको थियो । दिल्ली ८ खेलमा १२ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ ।

साथै, ७ खेलमा १० अंक जोड्दै चेन्नाई लिगको दोस्रो स्थानमा रहेको छ । साथै, मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आईपीएलमा अब ३१ वटा खेलहरु बाँकी रहेका छन् । आईपीएलको फाइनल भने अक्टोबर १५ मा हुने तालिका रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्