Logo

हामीले ठूलो बाधा, व्यवधान र अड्चनलाई पराजित गरेर संविधान जारी गरेका हौं : अध्यक्ष ओली



काठमाडौं, ३ असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ७ दशकभन्दा लामो समयसम्म गरेको संघर्ष र दिएको बलिदानीपश्चात् नेपालको संविधान प्राप्त गरेको स्पष्ट पारेका छन् । एमालेले सातौं संविधान दिवस/राष्ट्रिय दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘ठूलो र लामो संघर्षको ईतिहासबाट यो हामीले प्राप्त गरेको हो । जनताका आकांक्षाहरुको, लामो समयसम्मको प्रयासको, बलिदानीको सम्मान हो, जनताको आकांक्षाको प्रतिफल हो । यो सकारात्मक, ऐतिहासिक उपलब्धि हो । जसले नेपाललाई संविधान जारी भएपछिका दिनमा, नेपाली समाजलाई अग्रगमनतर्फ लैजान, लोकतन्त्रका, सामाजिक न्यायका, समानताका, नागरिकको सुरक्षा र समानता यसले प्रस्तुत गरेको छ । हामीले संविधानलाई अत्यन्तै माया गरेका छौं । यो धेरै ठूलो उपलब्धि हो ।’ संविधानसभाको निर्वाचनपछि संविधान निर्माणको क्रममा आफूहरुले देशव्यापी र नेपाली रहेका विदेशमा पनि व्यापक र गहन छलफल गरेको उनले स्मरण गराए ।

उनले भने,‘बौद्धिक क्षेत्रमा पनि छलफल भयो । चिन्तन, मनन भयो, विभिन्न देशका संविधानसँग तुलनात्मक अध्ययन गर्दा, हाम्रा आवश्यकत्तासँग र हामीले देखेका सपनासँग, हाम्रो आन्दोलनले परिलक्षित गरेका गन्तव्यसँग सम्बन्धित बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव, विगतको पनि अनुभव, संविधानका प्रयोग सबै पक्षलाई ध्यानमा राखेर नेपालको संविधान हामीले निर्माण गरेको हो ।’ अनेक बाधा र व्यवधानका साथै अड्चनलाई पराजित गरेर आफूहरुले संविधान जारी गरेको उनले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्