Logo

ड्रोन हमलामा अमेरिकाले गल्ती स्वीकारेपनि न्यायको माग



एजेन्सी, ३ असोज । अमेरिकाले काबुलमा आतंकवादी लक्षित ड्रोन हमला आतंकवादी लक्षित भएपनि सर्वसाधारण मारिएको स्वीकारेपनि पीडित परिवारले दोषीमाथि कारबाही र क्षतिपूर्ति मागेको छ । विश्वकै ध्यानाकर्षण भएको यो घटना अमेरिकी सैनिक अफगानिस्तानबाट फर्कने अन्तिम क्षणतिर भएको थियो ।

घटनामा ७ बालबालिकासहित १० जना मारिएका थिए । उनीहरु एकै परिवारका थिए । कारमा रहेकाहरुमाथिको शव समेत नचिनिने अवस्थामा थियो । बालबालिकाका चप्पल र खेलौना अझै छरपष्ट छन् ।

३० अगष्टमा भएको घटनामा विश्वको ध्यान खिचिएको थियो । १३ अमेरिकी सैनिकसहित झण्डै २ सय मानिस काबुल विमानस्थलमा मारिएपछि अमेरिकाले आक्रमणकारीलाई लक्षित गरी आक्रमण गरेको थियो । तर, गलत ठाउँमा ड्रोन हमला भएको थियो ।-Photo Source: Twitter of Osama Bin Javai 



प्रतिक्रिया दिनुहोस्