Logo

ज्ञानेन्द्र, किरण र आयशासहित खेल क्षेत्रका यी व्यक्ति विभिन्न पदकबाट सम्मानित हुँदै (सुचीसहित)



काठमाडौं, ३ असोज । सरकारले संविधान दिवसको अवसरमा राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ ।
संविधान दिवसको अवसरमा सरकारले विभिन्न पेशामा रहेर देशलाई सेवा गरेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै आएको छ । सातौँ संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण प्रदान गरेकी हुन् । मन्त्रिपरिषद्का सिफारिसमा राष्ट्रपतिले विभूषण प्रदान गर्ने प्रचलन रहेको छ ।

नेपाली क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोको कोरियन प्रशिक्षक क्वान वान योङ दाल, पारा खेलाडी हिमाल अर्याल र केशव थापा जनसेवा श्रीबाट विभुषित हुने भएका छन् ।नेपाली खेलकुद क्षेत्रमा योगदान पुराएको भन्दै शेरबहादुर खड्का स्मृति प्रतिष्ठान पनि जन सेवाश्री पदकले राष्ट्रपतिबाट विभूषित हुने भएको छ ।

साथै, सुकीर्ति पदक नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी बिमला चौधरी लगायत खेलकुदसँग सम्बन्धित अनु अधिकारी, दीपक थापा, नर्बू लामा, उत्तम न्यौपाने, प्रकाश केसी, जुनी राई, संगिता बस्याल, लक्ष्मण तामाङ, सोनी गुरुङले पाउने भएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्