Logo

राजमाथि १५ सय लामो आरोपपत्र दायरपछि शिल्पाले यस्तो पोस्ट गरिन्



एजेन्सी, ३ असोज । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा अश्लिल फिल्म बनाउने र एपमा अपलोड गरेको अभियोगमा हाल जेलमा छन् । राज कुन्द्रालाई ९ जुलाईमा प्रहरीले गिरफ्तार गरेको हो ।

प्रहरीले राजकुन्द्रा र उनका साथी रेयान थोयविरुद्ध १५ सय लामो आरोपपत्र दायर गरेको छ । जसमा ४३ जना साक्षीहरुको नाम समावेश गरिएको छ । साक्षीमा राज कुन्द्राको पत्नी शिल्पा र शर्लिन चोपडाको पनि नाम छ । आरोपत्रमा शिल्पाको पुरै भनाई राखिएको छ ।

पति गिरफ्तार परेसँगै सामाजिक सञ्जालबाट टाढा भएकी शिल्पा पुनः जोडिएकी छिन् । शिल्पाले आज एक नोट सार्वजनिक गरेकी छिन् । उनको नोटमा लेखिएको छ, ‘धेरै मानिसहरु आफ्नो खराब निर्णय र गल्तीको बारेमा सोचेर बिताउछन् ।’

 



प्रतिक्रिया दिनुहोस्