Logo

पहिला पागल भएकी यी युवती बनिन् सफल मोडल



एजेन्सी, ३ असोज । कोही–कोही मानिसको भाग्य चाँडो खुल्छ भने कसैको पछि । अमेरिकामा एक २४ वर्षीया युवतीको जीवनमा पनि त्यस्तै भएको छ । युवतीको नाम लुसी डासन हो । उनी अहिले चर्चित मोडल भएकी छिन् । तर, उनलाई हेर्दा केही समय अघि देख्ने र भेट्नेहरुले बाच्ने सम्भावना देख्थेनथे । तर ३ वर्ष पछि उनको जीवनमा निकै परिर्वतन भएको छ । उनलाई डाक्टरहरुले नबाच्ने अवस्था देखेर परिवारलाई जिम्मा लगाएका थिए ।

वास्तवमा उनलाई सुरुमा माइग्रेन भएको हो । यसैक्रममा उनको टाउको तिव्र रुपले दुख्दा उनी डिप्रेसनमा गएकी हुन् । रोगको कारण उनी युवा अवस्थामा नै ओछ्यानमा सुत्न पुगिन् । यो समस्या निको भएपछि पनि उनी ब्रेकडाउनको पनि सिकार भइन् । ब्रेकडाउन रोगले उनले घरका सबै सामान बाहिर फाल्न थालिन् । क
हिले–कहिले पागलको जस्तो हर्कत पनि गर्थिन् । चिच्चाउनु र कराउन् त उनको सामान्य कुरा थियो । लुसीका आमा बुवाले उपचारको लागि उनलाई लिंकन काउंटी अस्पताल पनि लगेका थिए । उनको जतिनै उपचार गरेपनि केही निको हुन सकेन । उनलाई अन्तिममा डाक्टरहरुले दिमाग सम्बन्धि एक रोग भएको पत्ता लगाए । जसको कारण दिमाग सुन्निने गर्छ । यो रोगलागेपछि उपचारको अभाव भएमा बिरामीको मृत्यु समेत हुन सक्छ ।
लुसीलाई भाग्यले बचाउन चाहेको रहेछ । रोगको पहिचान भएपछि उनको उपचार भयो । निको भएपछि उनले कलेजबाट डिग्री पनि गरिन् । निकै सघर्ष गरेर उनी मोडलिङ तिर लागिन् । अहिले सफल मोडलको रुपमा परिचित छिन् ।



प्रतिक्रिया दिनुहोस्