Logo

प्रिमियर लिगमा आज तीन खेल हुँदै, युनाइटेड र वेस्ट ह्याम पनि आजै भिड्ने



काठमाडौं, ३ असोज । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राति तीन वटा खेल हुँदैछन् । नेपाली समय अनुसार पौने सात बजे दुई खेल हुँदैछन् भने राति सवा नौं बजे एक खेल हुनेछ । ब्राइटन र लेस्टर सिटी साथै म्यानचेस्टर युनाइटेड र वेस्ट ह्याम बिचको खेल पौने सात बजे हुनेछ । त्यसैगरि चेल्सी र टोटनह्याम बिचको खेल राति सवा नौ बजे हुनेछ ।

युनाइटेड चार खेलबाट १० अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । साथै, चार खेलमा १० अङ्क जोडेको चेल्सी तालिकाको चौथो स्थानमा रहेको छ । त्यस्तै टोटेनह्याम १० खेलमा ९ अङ्क जोड्दै सातौँ स्थानमा छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्