Logo

झै–झगडा हुँदा फलामको रडले टाउकोमा प्रहार गर्दा…



चितवन, ३ असोज । हत्या गरेको अभियोगमा पक्राउ एक व्यक्ति पक्राउ परेका छन् । राप्ती नगरपालिका ९ सितलटोल बस्ने ५९ वर्षीय कान्छा लामाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय दशरथ मल्ललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु बिच झै–झगडा हुँदा दशरथले फलामको रडले टाउकोमा प्रहार गर्दा लामाको घटनास्थलमै मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी बिट अमृतपानी र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्