Logo

शासनमा भोका, लालसी र अतृप्तहरु पुगे, मानपदवी श्रीमती र छोराछोरीलाई बाँडेः ओली



काठमाडौं, ३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रले दिने मानपदवी र पदक पाउनेको नाम सुन्दा पदक नै लजाइराखेको टिप्पणी गरेका छन् । उनले शासनमा पुग्नेहरुलाई लालची, भोका र अतृप्त भन्दै श्रीमती र परिवारका सदस्यलाई पदक बाँडेको टिप्पणी गरे ।

‘श्रीमतीलाई सम्मान, सुपुत्र, सुपुत्रीलाई सम्मान, कस्ता भोका शासनमा पुगेका छन्,’ ओलीले संविधान दिवसमा एमालेले ललितपुरमा आयोजना गरेको कार्यक्रममा भने, ‘कस्तो लालसा, कसतो भोक, कस्तो अतृप्ती हो यो ।’

भाषणमा केही चाँहिदैन भन्ने र व्यवहारमा केही नछाड्ने प्रवृत्ति देखिएको टिप्पणी गरे । उनले भने, मौका पाउँदा केही नछाड्ने शासनमा पुगेका छन्, ‘विभूषणहरु नै लज्जा मानको छन् ।’

मुद्दा हाल्ने झगडा पार्नेहरु सम्मानित भएको टिप्पणी गरे । उनले भने, ‘तथानाम बहस गर्नेले मेडल पाए ।’ बेठिक समाचार दिने सञ्चारमाध्यम र तिनका मालिकलाई पनि पदक मिलेको ओलीको टिप्पणी थियो । उनले भने, ‘खोजपत्रकारित ागर्ने, पत्रकारको धर्म निर्वाह गर्नेलाई सम्मान गरिदिएको भए हुन्थ्यो होला ।’



प्रतिक्रिया दिनुहोस्